अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मोदीले प्रधानमन्त्री बालेनलाई दिए गंगाजलसहितको घडा

मोदीले प्रधानमन्त्री बालेनलाई दिए गंगाजलसहितको घडा


काठमाडौं-दुई दिने राजकीय भ्रमणका क्रममा भारतमा रहेका प्रधानमन्त्री बालेन्द्र शाहलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उपहार दिएका छन्। सोमबार नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा भएको भेटवार्ताका क्रममा भारतीय प्रधानमन्त्री मोदीले बालेनलाई गंगाजलसहितको घडा उपहार दिएका हुन्।

उनीहरूबीच उपहार साटासाट भएको थियो । सो क्रममा प्रधानमन्त्री शाहले भारतीय प्रधानमन्त्री मोदीलाई पशुपतिनाथको चन्दन, रुद्राक्ष र शालिग्रामसहितको सेट उपहार दिएका थिए ।