अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जेनेभाबाट सभामुखले भन्नुभयो: शान्ति, न्याय र समृद्धिका लागि सँगसँगै काम गरौँ

जेनेभाबाट सभामुखले भन्नुभयो: शान्ति, न्याय र समृद्धिका लागि सँगसँगै काम गरौँ


काठमाडौं-सभामुख देवराज घिमिरेले अहिलेको विश्व समुदायलाई बढ्दो द्वन्द्व, व्यापार तनाव, आर्थिक तथा सामाजिक असमानता, जलवायु परिवर्तनले निम्त्याएको अस्तित्वको संकट, महामारी र नयाँ प्रविधिहरूले जटिल परिस्थितसँग जुध्न बाध्य पारेको बताउनु भएकाे छ।

जेनेभामा आयोजित संसद्का सभामुखहरूको छैटौँ विश्व सम्मेलनलाई सम्बोधन गर्दै समग्रमा बहुपक्षीयताको आधारभूत संरचना नै संकटमा परेको बताउनुभयाे ।

सभामुखले भन्नुभयो, ‘हामी संसद् र सांसदहरू केवल हाम्रा मतदाताहरूको जनप्रतिनिधि मात्र होइनौँ, अन्तर्राष्ट्रिय सहकार्यलाई सुदृढ पार्ने साधन पनि हौँ। संसदीय प्रक्रियाका माध्यमबाट सरोकारवाला पक्षहरूको दृष्टिकोणहरूलाई समेत निर्णय प्रक्रियामा समेटेर अझ गतिशील विश्व निर्माणमा सहयोग पुर्‍याउन सम्भव रहेको धारणा राख्न चाहन्छु ।’

सञ्जालीकृत विश्व शासनले परम्परागत भन्दापृथक् स्वरूपको कूटनीति तथा अन्तर्राष्ट्रिय सम्बन्धबाट सबै सम्बन्धित पक्षहरू समावेश भएको समावेशी प्रणालीतर्फको रूपान्तरणको आह्वान गर्नुभयाे।