अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले कालिकोटको बैठक : पूर्वराष्ट्रपतिलाई सक्रिय राजनीतिमा नफर्कन आग्रह

एमाले कालिकोटको बैठक : पूर्वराष्ट्रपतिलाई सक्रिय राजनीतिमा नफर्कन आग्रह


कालिकोट- कालिकोट जिल्ला कमिटीको आठौं बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतितर्फ अघि नबढ्न आग्रह गरेको छ ।
पार्टी अध्यक्ष तुलराज मल्लको अध्यक्षयतामा बसेको जिल्ला कमिटी कालिकोट बैठकमा उपस्थिति ९० जना सदस्य मध्ये ६५ जना सदस्यले विधान संसोधन र ७० बर्षे उमेर हदका विषयमा आफ्ना धारणा राखेका थिए। बैठकमा बोल्ने सबै जिल्ला कमिटीका सदस्यहरूले दुई कार्यकाल र उमेर हद हटाउनु पर्ने विषयमा केन्द्रीय कमिटीले गरेको निर्णय जायज भएको बताएका छन् । नेतृत्व भनेको गति,मति र कार्यकर्ताको समर्थबाट स्थापित हुने विषय हो । उमेर हद र कार्यकाल राख्ने कुरा अहिलेको अवस्थामा ठिक नभएको उनीहरुको धारणा छ । अहिले देशले खोजेको र देशका निम्ति केपी ओली आवश्यक नेता हो त्यसकारण अहिले एमालेमा केपी ओलीको विकल्प खोज्ने बेला भएको छैन भन्ने सदस्यहरुको धारणा थियो । नेकपा एमाले विधि,निति र राजनीतिक संस्कारको पक्षपाती पार्टी हो त्यसैले कम्युनिस्ट पदलोभी हुन्छन् आरोपबाट मुक्त हुनपनि सम्माननीय पूर्वराष्ट्रपति पार्टी राजनीतिमा आउन हुन्न भन्ने केन्द्रीय कमिटीको निर्णयलाई स्वागत गर्ने निर्णय गर्दै सम्पन्न भएको छ।

Skip This