हुम्ला- हुम्लामा विभिन्न पार्टी परित्याग गरी १५ घरधुरीले नेपाल कम्युनिस्ट पार्टी नेकपा एमालेका प्रवेश गरेका छन्। नेकपा एमाले हुम्लाको सातौँ जिल्ला कमिटीको पूर्ण बैठकमा सिमिकोट गाउँपालिका वडा नम्बर-१ र २ ठेहे गाउँबाट नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी, नयाँ शक्ति परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेको एमाले जिल्ला पार्टी सचिव तीर्थराज बोहराले बताउनुभयो।
नेपाली कांग्रेसबाट नुन्दे बोहरा, दुन्त बोहरा, रवि भण्डारी एमालेमा प्रवेश गरेको सचिव बोहराले जानकारी दिनुभयो। यस्तै ज्वाले रावल, गोफी रावल वडा कमिटी सदस्य, रामबहादुर रावल, हजारी सार्की, रुप्सीला बोहरा, सोवनकली सुनार, पुने बोहरा, राजेन्द्र बोहरा, गोर्ख बोहरा, पुन्च बोहराले माओवादी परित्याग गरी एमालेमा प्रवेश गरेका हुन्।

विभिन्न पार्टीबाट परित्याग गरेका नव प्रवेशीलाई एमालेमा पार्टी केन्द्रीय सदस्य दल रावलले स्वागत गर्नुभएको थियो। प्रवेशीलाई स्वागत गर्दै केन्द्रीय सदस्य रावलले भन्नुभयो पार्टीको मिसन २०८४ हुम्लाको ठेहे गाउँबाट सुरु भएर सफल हुने बताउनुभयो। नेता रावले जनतामा अन्य पार्टी भन्दा एमाले रुचि बढ्नुका साथै एमाले जनभावना प्रति नागरिकले चिन्ता र चासो लिन थालेको बताउनुभयो।
यस्तै प्रवेश कार्यक्रममा कर्णाली प्रदेश कमिटीका विभिन्न सदस्य, जिल्ला तहका अन्य नेता तथा कार्यकर्ताको बाक्लो उपस्थित रहेको थियो।






प्रतिक्रिया