काठमाडौं- जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेकाले नेपालमा मनसुन केही कमजोर रहेको बताएको छ।
तथापि, बंगालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रने क्रम रहिराखेकाले देशभर साधारणतया बदली रहने महाशाखाले जानकारी दिएको छ। अहिले बिहान बागमती, गण्डकी, सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ।
पछिल्लो २४ घन्टामा गोरखाको बारपाकमा ७७ मिलिमिटर वर्षा भयो।
सिन्धुपाल्चोकको गोब्रेमा ७५.४, काठमाडौंको धापमा ६६.२, अछामको सुगालीमा ५५.४ मिलिमिटर वर्षा भएको छ।
मंगलबार दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड र तराईका केही स्थानहरूमा र मधेस प्रदेशको तराईको एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र बागमती प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ।







प्रतिक्रिया