काठमाडौँ-सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। भदौ २ गते बसेको मन्त्रिपरिषद्का बैठकका निर्णय सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले बुधबार सार्वजनिक गर्नुभएको हो।
बीमा प्राधिकरणका सञ्चालक समितिका अध्यष शरद ओझालाई बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष पदबाट पदमुक्त गर्ने बैठकले निर्णय गरेको छ।
त्यस्तै, आगामी भदौ ३० देखि ३१ गतेसम्म थाइल्याण्डको बैंककमा आयोजना हुने रिजिलियन्ट सप्लाइ चेइन्स, एन्ड इक्युटेवल ग्रोथ इन अ चेन्जीङ वर्ल्ड अफ वर्क कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा. प्रकाश कुमार श्रेष्ठलाई सहभागी हुन स्वीकृति प्रदान गर्ने, आगामी असोज ७ देखि ९ गतेसम्म इण्डोनेसियामा आयोजना हुने एन्टी क्रप्सन इनिसिएटीभ फर एसिया एन्ड द पेसिफीक–२०२५ विषयक कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव नारायणप्रसाद शर्मा दुवाडीलाई सहभागी हुन स्वीकृति दिने सरकारको निर्णय छ।








प्रतिक्रिया