काठमाडौं-नेकपा (एमाले)को ऐतिहासिक दोस्रो विधान महाधिवेशन यही भदौ २०-२२ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज हलमा हुँदै छ। विधान महाधिवेशनको तयारी र समसामयिक विषयमा जानकारी गराउन पार्टी कार्यालय च्यासलमा पत्रकार सम्मेलन सुरू भएको छ।
पत्रकार सम्मेलनमा विधान महाधिवेशन बारेमा महासचिव शंकर पोखरेलले जानकारी गराउँदै हुनुहुन्छ।
‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ मूल नाराका साथ हुने महाधिवेशनको तयारी पूरा भएको पार्टीले जनाएको छ। उक्त महाधिवेशनमा २ हजार ३४ जना प्रतिनिधि सहित २ हजार ३४९ जना सहभागी हुनेछन्।









प्रतिक्रिया