काठमाडौं – जेन जीले सरकार प्रमुखमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाम अघि सारेका छन् । जेनजीका प्रतिनिधि र प्रधानसेनापति अशोकराज सिग्देलबीच आज सैनिक मुख्यालय जंगी अड्डामा भएको वार्तामा कार्कीको नाम प्रस्ताव गरेका हुन् ।
जेनजीका थुप्रै समूह रहेका कारण सबैसँग हामीले यसमा सहमतिको प्रयास खोजिरहेको सैनिक स्रोतले जनाएको छ ।
जेनजीको आज बसेको भर्चुअल बैठकले सुशीला कार्कीको नाम सरकार प्रमुखमा अघि बढाउने सहमति गरेको थियो ।
सैनिक उच्चस्रोतका अनुसार, बुधबार प्रधानसेनापति सिग्देलले थुप्रै समूहसँग वार्ता गरेका छन् । उनले धरानका मेयर हर्क साम्पाङदेखि मेडिकल व्यवसायी दुर्गा प्रसाईंसम्मका व्यक्तिसँग छलफल गरेका छन् ।
सैन्य स्रोतका अनुसार, सरकार प्रमुखको टुंगो लगाउन अझै व्यापक छलफल गर्न बाँकी रहेको र यो एक दुई दिनमा टुंगिने छ ।






प्रतिक्रिया