अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रपतिद्वारा कन्या पूजा

राष्ट्रपतिद्वारा कन्या पूजा


काठमाडौँ-राष्ट्रपति रामचन्द्र पौडेलले आश्विन शुक्ल नवमीका अवसरमा राष्ट्रपति भवनमा आज नौ जना कन्याको पूजा गर्नुभएको छ ।

राष्ट्रपतिको सचिवालयका अनुसार नक्सालस्थित बाल मन्दिरमा आश्रय लिएका कन्याको उहाँले पूजा गर्नुभएको हो । प्रत्येक वर्ष महानवमीका दिन राष्ट्रप्रमुखले नौ जना कन्याको पूजा गर्ने प्रचलन छ ।

त्यस अवसरमा प्रथम महिला सविता पौडेलले पनि नवदुर्गाका प्रतीक नौ जना कन्याको पूजार्चना गर्नुभएको थियो ।