काठमाडौँ-प्रधानमन्त्री सुशीला कार्कीले भारी वर्षाका कारण इलामलगायतका स्थानमा भएको विपद् र जनधनको क्षतिप्रति दुःख व्यक्त गर्नुभएकाे छ।
आइतबार साँझ सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री कार्कीले यस कठिन घडीमा, दिवङ्गत आत्माको चिरशान्तिको कामनासहित शोकसन्तप्त परिवारमा हार्दिक समवेदना प्रकट गर्नुभएकाे हाे। प्रधानमन्त्री कार्कीले राहत र उद्धारमा अहोरात्र खटिनुहुने सबैप्रति उच्च कदर गर्नुभएकाे छ।
‘विपत्तिको सामना गर्ने क्रममा नेपाली जनताले देखाएको धैर्य र सहयोग सराहनीय छ, जसका लागि म हृदयदेखि धन्यवाद व्यक्त गर्न चाहन्छु, साथै प्रभावित क्षेत्रमा राहत वितरण जारी रहेको जानकारी गराउँदछु’, प्रधानमन्त्री कार्कीले सामाजिक सञ्जालमा लेख्नुभएकाे छ।







प्रतिक्रिया