काठमाडौं-नेकपा एमालेका नेता सूर्य थापाले ‘हामी नेपाली’का संयोजक सुदन गुरुङलाई विदेशीको खेलौना भन्दै टिप्पणी गर्नुभएको छ।
नेता थापाले मन्त्रालयको बैठकमा पुगेर उच्च तहका सरकारी कर्मचारीहरूलाई निर्देशन दिएको भन्दै असन्तुष्टि जनाउनु भएको हो।
सामाजिक सञ्जालमा नेता थापाले अहिलेका मन्त्रीहरूले गुरुङको जी हजुरी गरिरहेको टिप्पणी गर्दै बरु नियुक्ति नै दिएर काम गराउन तर अनधिकृत र गैर जिम्मेवार हप्कीदप्की र जवाफदेही बिहीन आदेश निर्देश बन्द गर्न सुझाव समेत दिनुभएको छ।
संविधान, कानुन र राजकीय जिम्मेवारीले नचिन्ने सन्दिग्ध विदेशीका एजेन्टहरू कहिले पानी बोक्दै घुसपैठ गरेर रक्तपात र आगजनी गराउने नेता थापाको भनाइ छ।
नेता थापाले सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘कहिले राष्ट्रपतिलाई धम्काउन पुग्छन्। पढ्नु न लेख्नु जान्नु न बुझ्नु मन्त्रालयमै पुगेर मन्त्रीको उपस्थितिमा उच्च तहका सरकारी कर्मचारीहरूको हुर्मत लिन्छन् ! अर्थमन्त्री जो स्वयं व्युरोक्रेसीबाट आएका हुन्, उहाँ हजुर सुदन सर भन्दै जी हजुरीका साथ लाचारी प्रदर्शन गर्छन्। गृहमन्त्री यसै भरौटेलाई विपद्को एक्सपर्ट (विज्ञ) भन्न शरम मान्दैनन्।’
जनताबाट निर्वाचित र उत्तरदायी भए पो लाज, घिन, डर र शरम लागोस् त ? विदेशीको खेलौना दलाल तन्त्रमा यस्तै हुन्छ भन्दै टिप्पणी गर्नुभएको छ। उहाँले प्रधानमन्त्री सुशीला कार्कीप्रति पनि आक्रोश पोख्नुभएको छ।
नेता थापाले भन्नुभएको छ, ‘मानौँ यो लठैत सुशीला कार्कीको नियुक्तिको तथाकथित सिफारिसकर्ता मिस्टर लुसिफर ९डार्कम्यान०को खास नायबी चलाइरहेको छ ! यसलाई नियुक्ति दिनुछ भने देऊ भरौटे सरकार, तर अनधिकृत र गैरजिम्मेवार हप्कीदप्की र जवाफदेहीबिहीन आदेशनिर्देश बन्द गर ! यो जोकरतन्त्र होइन, लोकतन्त्र हो।’








प्रतिक्रिया