अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्रीलाई ज्ञानेन्द्र शाहीको अपील: ‘देश विधिको शासनमा चलाउनुस्, विदेशी दबाबमा होइन’

प्रधानमन्त्रीलाई ज्ञानेन्द्र शाहीको अपील: ‘देश विधिको शासनमा चलाउनुस्, विदेशी दबाबमा होइन’


काठमाडौँ-राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री सुशीला कार्कीलाई देश विधिको शासन अनुसार सञ्चालन गर्नका लागि आग्रह गर्नुभएको छ। शाहीले सरकारलाई विधि, नीति र प्रक्रियालाई मुख्य आधार बनाएर शासन गर्न आग्रह गर्दै देश कुनै व्यक्ति वा समूहको नभई सबै नेपालीको साझा भएको यथार्थ मनन गर्न ध्यानाकर्षण गराउनु भएको हो।

राप्रपाका प्रवक्ता शाहीले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीलाई सम्बोधन गर्दै भन्नुभएको छ, ‘विदेशी राजदूतावास केन्द्रित भएर कसैको दबाबमा परेर सरकार चलाउने होइन। विधिको शासन र न्यायिक प्रक्रिया मिलाएर सरकार चलाउने हो।’

उहाँले सरकारलाई आन्दोलनको म्यान्डेट नबिर्सन र परिवर्तनका लागि बलिदान दिने सहिद, घाइते एवं पीडितलाई न्याय दिन विशेष जोड दिनुभएको छ। शाहीले सरकारका हरेक निर्णय कानुनी दायरा र न्यायिक निष्पक्षता भित्र रहेर गर्नुपर्ने आवश्यकता औँल्याउनु भएको छ।