अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गृहमन्त्रीलाई महेश बर्तौलाको प्रश्न: प्रहरीबाट लुटिएका हतियारहरू कहाँ छन् ?

गृहमन्त्रीलाई महेश बर्तौलाको प्रश्न: प्रहरीबाट लुटिएका हतियारहरू कहाँ छन् ?


नेकपा एमालेका नेता महेश बर्तौलाले गृहमन्त्री ओमप्रकाश अर्याललाई प्रहरीबाट लुटिएका हतियारहरू (बन्दुक र गोली) कहाँ छन् भन्दै प्रश्न गर्नुभएको छ।

नेता बर्तौलाले प्रहरीबाट लुटिएका हतियारहरू कहाँ र कोसँग छ भन्ने सूचना र जानकारी गृहमन्त्री अर्याललाई शतप्रतिशत रहेको भन्दै यस्तो प्रश्न गर्नुभएको हो।

भ्रष्टाचारको अन्त्य र सुशासनको जायज मागहरूसहित जेनेरेसन जेडले गरेको शान्तिपूर्ण आन्दोलनभित्र सुनुयोजित घुसपैठ गरी शान्ति भङ्ग गर्ने, हिंसा भड्काउने र विध्वंस मच्चाउने कामको गृहमन्त्री अर्याल चौबिसै क्यारेटका स्टेकहोल्डर भएको आरोप समेत लगाउनुभयो।

‘भ्रष्टाचारको अन्त्य र सुशासनको जायज मागहरु सहित जेनेरेसन जेडले गरेको शान्तिपूर्ण आन्दोलनभित्र सुनुयोजित घुसपैठ गरी शान्ति भङ्ग गर्ने, हिंसा भड्काउने र विध्वंस मच्चाउने कामको यिनी चौबिसै क्यारेटका स्टेकहोल्डर हुन्,’ नेता बर्तौलाले सामाजिक सञ्जालमा लेख्नभएको छ, ‘हाम्रो इतिहास, सम्पदा र दस्तावेजहरू छानी छानी नष्ट गर्ने, व्यक्तिका घरहरू, व्यावसायिक भवनहरू तोडफोड, आगजनी र लुटपाट गर्न लगाउने कामका उनी प्रायोजित उत्प्रेरक समेत हुन्।’