अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

निर्माण क्षेत्रलाई नै समाप्त गर्ने दिशातिर वर्तमान सरकार लाग्नुहुँदैन: अध्यक्ष सिंह

निर्माण क्षेत्रलाई नै समाप्त गर्ने दिशातिर वर्तमान सरकार लाग्नुहुँदैन: अध्यक्ष सिंह


काठमाडौं-निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहले निर्माण क्षेत्रलाई समाप्त गर्ने दिशातिर सरकार जान नहुने बताउनु भएको छ। बिहीबार महासङ्घ परिसरमा महासङ्घका पूर्वअध्यक्ष स्व. शरदकुमार गौचनको आठौँ स्मृति दिवसमा आयोजित स्मृति सभालाई सम्बोधन गर्दै अध्यक्ष सिंहले यस्तो बताउनु भएको हो।

अध्यक्ष सिंहले रुग्ण आयोजना अन्त्य गर्ने भन्दै गर्दा वर्तमान सरकार निर्माण क्षेत्रलाई नै समाप्त गर्ने दिशातिर लाग्न नहुने बताउनुभयो । रुग्ण आयोजना खारेज गर्दा सार्वजनिक खरिद ऐनमा व्यवस्था भएअनुसार गरिनुपर्ने माग गर्नुभयो ।

जेनजी पुस्ताबाट भएको आन्दोलनबाट सडकबाट सरकार पाएको उल्लेख गर्दै अध्यक्ष सिंहले अहिले मुलुकको आर्थिक गतिविधिमा शिथिलता आएको बताउनुभयो । 

अध्यक्ष सिंहले अन्तरिम सरकारले मुलुकमा निर्वाचन गराउने मात्र नभइ जेनजीहरुको पवित्र उद्देश्यअनुरूप मुलुकमा भइरहेको भ्रष्टाचार बेथितिको अन्त्यका लागि पनि गम्भीर हुनुपर्ने बताउनुभयो ।

अहिले पनि निर्माण क्षेत्रमा कामको अभाव भइरहेको र आवश्यकता भन्दा बढी स्थानीय तहले निर्माण व्यवसायीहरूलाई लाइसेन्स वितरण गर्ने र सरकारले पनि कामको अवसर सिर्जना नगरी लाइसेन मात्रै वितरण गरिरहेको उहाँले आराेप लगाउनु भयाे।