काठमाडौं-ग्लोबल आइएमई बैंक लिमिटेडले शेयरधनीहरुलाई लाभांश वितरण गर्ने भएको छ। बैंकले गत आर्थिक वर्ष २०८१/८२ को वितरणयोग्य मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने नगद लाभांश घोषणा गरेको हो।
बैंकले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशतका दरले नगद लाभांश (कर प्रयोजनार्थ सहित) वितरण गर्ने घोषणा गरेको हो।
२०८२ असोज २५ गते बसेको बैंकको सञ्चालक समितिको ४५९ औं बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात वितरण हुनेछ ।






प्रतिक्रिया