अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बन्दी रिहाइ समारोहमा सहभागी हुन इजरायल जाँदै राष्ट्रपति ट्रम्प

बन्दी रिहाइ समारोहमा सहभागी हुन इजरायल जाँदै राष्ट्रपति ट्रम्प


काठमाडौँ-अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प बन्दी रिहाइ समारोहमा सहभागी हुन आज इजरायल जाँदै हुनुहुन्छ।

हमासले बन्धक बनाएका बन्दीहरुलाई हालै भएको युद्ध विराम सम्झौता भई बन्दी रिहाइ विशेष समारोहमा सहभागी हुन ट्रम्प इजरायल जान लागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

७ अक्टुबर २०२३ मा हमासले इजरायलमाथि आक्रमण सुरु गरेको थियो, त्यस क्रममा नेपालका विपिन जोशीसहित केही व्यक्तिलाई हमासले कब्जा गरेको थियो। हमासको कब्जामा हालसम्म ४७ जना रहेको र त्यसमा कम्तिमा २० जना जीवित रहेको अनुमान गरिएको छ।

हालै भएको गाजा शान्ति सम्झौतामा इजरायलले गाजाबाट आफ्ना सेना फिर्ता गर्ने र हमासले बन्दी रिहाइ गर्ने सहमति भएको थियो । नेपाली समयअनुसार आज दिउँसो २: ४५ बजेसम्म बन्दी रिहाइको लागि समय तोकिएको छ ।