काठमाडौं-प्रधानमन्त्री सुशीला कार्कीले हमासबाट हत्या गरिएका नेपाली युवक विपिन जोशीको त्याग र बहादुरीलाई राष्ट्रले कहिल्यै पनि नबिर्सने बताउनु भएको छ।
विपीनप्रति समवेदना सन्देश प्रकट गर्दै कार्कीले बन्धकमुक्त हुने दुई वर्षदेखिको अटुट आशा र सामूहिक प्रार्थनाबीच विपिनको दुःखद मृत्युको हृदयविदारक समाचारले आफू स्तब्ध भएको बताउनुभयाे।
‘विपिन जोशी केवल एक विद्यार्थी मात्र हुनुहुन्नथ्यो; उहाँ ज्ञानको खोजीमा विदेशिनुभएका हजारौं नेपाली युवाको उज्ज्वल प्रतिनिधि हुनुहुन्थ्यो । उहाँको जीवन उत्साह, लगनशीलता र अरूलाई सहयोग गर्ने विनम्र स्वभावले भरिएको थियो,’ प्रधानमन्त्री कार्कीले भन्नुभएको छ।

साथै, प्रधानमन्त्री कार्कीले विपिन विद्यार्थी मात्रै नभइ ज्ञानको खोजीमा विदेशिएका हजारौं नेपाली युवाको उज्ज्वल प्रतिनिधि समेत भएको बताउनुभयाे। ‘विपिन जोशी केवल एक विद्यार्थी मात्र हुनुहुन्नथ्यो; उहाँ ज्ञानको खोजीमा विदेशिनुभएका हजारौं नेपाली युवाको उज्ज्वल प्रतिनिधि हुनुहुन्थ्यो । उहाँको जीवन उत्साह, लगनशीलता र अरूलाई सहयोग गर्ने विनम्र स्वभावले भरिएको थियो,’ प्रधानमन्त्री कार्कीले भन्नुभएको छ।
विपिन अन्तर्राष्ट्रिय द्वन्द्वको अमानवीय सिकार बन्न पुगेको पनि प्रधानमन्त्री कार्कीले बताउनुभयाे। ‘सदा शान्ति पक्षधर नेपालको छोरा अन्तर्राष्ट्रिय द्वन्द्वको अमानवीय सिकार बन्नुभएको छ,’ प्रधानमन्त्री कार्कीले भन्नुभएकाे छ।







प्रतिक्रिया