अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री कार्कीको सम्पत्ति छानबिन गर्न वाईसीएलको माग

प्रधानमन्त्री कार्कीको सम्पत्ति छानबिन गर्न वाईसीएलको माग


काठमाडौं-नेकपा (माओवादी केन्द्र) आवद्ध युवा संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल)ले प्रधानमन्त्री सुशीला कार्कीको पनि सम्पत्ति छानबिन गर्न सरकारसँग माग गरेको छ। वाईसीएलले पूर्वप्रधानन्यायाधीश समेत रहनुभएकी प्रधानमन्त्री कार्कीकाे पनि सम्पती छानविन हुनुपर्ने माग गरेकाे हो।

शुक्रबर अनेरास्ववियु क्रान्तिकारीसहित संयुक्त रुपमा पत्रकार सम्मेलन गरी वाइएसीएलका अध्यक्ष पुष्प ओलीले पूर्वप्रधानमन्त्रीहरुको मात्रै नभई पूर्वराजा, पूर्वराष्ट्रपति, राप्रपाका नेताहरुको पनि सम्पती छानबिन गर्न सरकारलाई दबाब दिनुभयो ।

भ्रष्टाचार गरेका सबैको सम्पती छानविन नभए आफूहरुलाई मान्य नहुने चेतावनी समेत उहाँले दिनुभयाे।

‘वर्तमान प्रधानमन्त्रीको पनि सम्पत्ति छानबिन गर्नुपर्छ। यो न्यायमूलक राज्य हो, समतामूलक राज्यको हो । त्यसकारण निष्पक्ष ढंगले सबैको छानबिन हुनुपर्‍यो। वैरभाव राखेर, पक्षपात गरेर गरिने छानविनको हामीले विरोध गर्छौं । तर त्यसरी निष्पक्ष ढंगले गरिने छानविनको शुरुवात हाम्रो अध्यक्षबाटै होस्,’ अध्यक्ष पुष्प ओलीले भन्नुभयो।

पत्रकार सम्मेलनमा अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष विजयप्रकाश सापकोटाले सरकारले निर्वाचन गराउने म्यान्डेटअनुसार काम नगरेको भन्दै आपत्ति जनाउनुभयाे ।