अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आरम्भ चौतारी लघुवित्त र प्रभु बैंकबीच विशेष छुट सम्झौता

आरम्भ चौतारी लघुवित्त र प्रभु बैंकबीच विशेष छुट सम्झौता


काठमाडौँ-आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड र प्रभु बैङ्क लिमिटेडबीच आरम्भ चौतारी लघुवित्त वित्तिय संस्था लिमिटेडका कार्यरत कर्मचारीहरूलाई सुविधा सम्पन्न बैङ्किङ सेवा उपलब्ध गराउने सम्बन्धी एक सम्झौतामा हस्ताक्षर भएको छ।

आरम्भ चौतारी लघुवित्त वित्तिया संस्था लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिव प्रसाद ज्ञवाली र प्रभु बैंक लिमिटेडका तर्फबाट सेन्ट्रल विजनेस सेन्टर (Central Business Centre) का प्रमुख लेख बहादुर पुनले उक्त सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हो।

यो सम्झौता पश्चात आरम्भ चौतारी लघुवित्त वित्तिय संस्था लिमिटेडमा कार्यरत कर्मचारीहरुले उत्कृष्ट बैकिङ्ग सेवा प्रयोग गर्नु हुनेछ भन्ने विश्वास प्रभु बैंकले जनाएको छ।

त्यसै गरी, ग्राहकहरूको रोजाइको अग्रणी बैङ्कको रूपमा रहेको तथा “बैंक अफ द इयर २०२३, प्रभु बैंक फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड-२०२४ अवार्डको साथै हालसालै युरो मनी अवार्ड-नेपाल बेस्ट डिजिटल बैंक फर एसएमईको-२०२५ अवार्डको रूपमा सम्मानित प्रभु बैङ्कका नेपालभर ३१२ शाखा कार्यालयहरू, २८६ एटीएम साथै ६९एक्सटेन्सन काउन्टर मार्फत करिब ३१ लाख भन्दा बढी ग्राहकहरूलाई ‘विश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मूल नाराका साथमा बैङ्किङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैङ्कले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रूपमा अगाडि बढिरहेको छ।