अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रपतिसमक्ष निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेस


काठमाडौं-निर्वाचन आयोग, नेपालले आर्थिक वर्ष २०८१–८२ का मुख्य काम, कारबाही र उपलब्धिहरू समावेश गरिएको उन्नाइसौँ वार्षिक प्रतिवेदन शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपतिसमक्ष पेश गरेको छ।

आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सो प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रस्तुत गर्नुभयो।

सो अवसरमा राष्ट्रपतिले आर्थिक वर्ष २०८१–८२ मा आयोगले सम्पादन गरेका कार्यको प्रशंसा गर्दै आयोगलाई धन्यवाद व्यक्त गर्नुभयो। उहाँले आगामी २०८२ फागुन २१ गते सम्पन्न हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो।