काठमाडौँ-प्रधानमन्त्री सुशीला कार्कीले सहज राजनीतिक निकासका लागि निर्वाचन सम्पन्न गर्न सबै पक्ष जिम्मेवार र ऐक्यबद्ध रहन आग्रह गर्नुभएकाे छ।
शनिबार शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेल, गृहमन्त्री र अन्य मन्त्रीहरूको उपस्थितिमा चारै सुरक्षा निकायका प्रमुखहरूसँग निर्वाचन तयारी र सुरक्षा अवस्थाबारे छलफलपछि प्रधानमन्त्री कार्कीले सबै पक्ष जिम्मेवार र ऐक्यबद्ध रहन आग्रह गर्नुभएकाे हाे।
‘फागुन २१ मा निर्धारित प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्ने दिशामा सन्तोषजनक प्रगति भएको छ। तयारी अझै द्रूततर गतिमा अघि बढाइँदै छ,’ प्रधानमन्त्री कार्कीले भन्नुभयाे, ‘सहज राजनीतिक निकासका लागि निर्वाचन सम्पन्न गर्न सबै पक्ष जिम्मेवार र ऐक्यबद्ध रहौँ।’

राष्ट्रपति पौडेल, गृहमन्त्री र अन्य मन्त्रीहरूसमेतको उपस्थितिमा चारवटै सुरक्षा निकायका प्रमुखहरूसँग निर्वाचनको तयारी र सुरक्षा अवस्थाका विषयमा गम्भीर छलफल गरिएको र चुनावको वातावरण तयार गर्न भइरहेका प्रयासको समीक्षा भएको बताउनुभयाे।
प्रधानमन्त्री कार्कीले राजनीतिक तहबाटै निर्वाचनमैत्री वातावरण बनाउन पहल भइरहेकाे र दलहरूसँग संवाद सुरु भएको बताउनुभयाे। उहाँले सहज राजनीतिक निकास र लोकतान्त्रिक अभ्यास सुदृढीकरणका लागि निर्वाचन समयमै सम्पन्न गर्न सबै पक्ष एकजुट हुन आवश्यक रहेको उल्लेख गर्नुभयाे।







प्रतिक्रिया