अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

२७ गते बेलुकासम्म मेरो मोबाइल सिज गरिएको थियो: पूर्वप्रधानमन्त्री ओली

२७ गते बेलुकासम्म मेरो मोबाइल सिज गरिएको थियो: पूर्वप्रधानमन्त्री ओली


काठमाडौं- पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनमा सेनाले नियन्त्रणमा लिएपछि आफ्नो मोबाइल सिज गरिएको बताउनुभएको छ।

आइतबार राजधानीमा सञ्चारमाध्यमका सम्पादकहरूसँगको अन्तरक्रियामा बोल्दै अध्यक्ष ओलीले प्रधानमन्त्रीको शपथग्रहण अगाडिसम्म आफूले मोबाइल चलाउन नपाएको पहिलोपटक खुलासा गर्नुभएको हो ।

पूर्वप्रधानमन्त्री ओली भन्नुभयो, ‘प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि म सेनाको सुरक्षाभित्र रहेँ । यसलाई तपाईंहरु जेसुकै संज्ञा दिन सक्नुहुन्छ, म सेनाको सुरक्षामा थिएँ । प्रधानमन्त्रीको समथग्रहण अगाडिसम्म मेरो मोबाइल सिज गरिएको थियो। त्यसैले म २७ गते बेलुकासम्म म कन्ट्याक्टमा रहिनँ।’