अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सबैभन्दा बढी भ्रष्टाचार गर्नेको चर्को स्वर छ: केपी ओली

सबैभन्दा बढी भ्रष्टाचार गर्नेको चर्को स्वर छ: केपी ओली


काठमाडौं-नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्ला दिनमा भ्रष्टाचारविरुद्ध बोल्नेहरूकै आचरणमाथि प्रश्न उठाउनुभएको छ।

आइतबार राजधानीमा सञ्चारमाध्यमका सम्पादकहरूसँगको अन्तरक्रियामा अध्यक्ष ओलीले ’भित्रभित्र खाने’ प्रवृत्तिलाई कटाक्ष गर्दै वास्तविक सुधारका लागि इमानदार राजनीतिक इच्छाशक्ति आवश्यक रहेको बताउनुभयो।

अध्यक्ष ओलीले भन्नुभयो, ‘भ्रष्टाचारको विरोध सजिलो छ, तर अहिले सबैभन्दा बढी भ्रष्टाचार गर्नेको स्वर नै सबैभन्दा चर्को छ।अहिले चर्को स्वरले दबाउन खोजिएको हुनसक्छ, तर त्यो दिन आउँछ। आगो लुकाउन सकिन्छ, धुँवा लुकाउन सकिँदैन–त्यो त आइहाल्छ।’

अध्यक्ष ओलीले २४ गते जेनजीहरूले नै आगो लगाए त ? भन्ने प्रश्न गर्नुभयो । अध्यक्ष ओलीले भन्नुभयो, ‘मैले असली जेनजीलाई सोध्दा उनीहरूले भने– हामीलाई थाहा छैन, हाम्रा मागहरू हाइज्याक भए, हजुरआमालाई प्रधानमन्त्री बनाउने हाम्रो माग होइन।’

अध्यक्ष ओलीले आन्दोलनका नाममा वास्तविक युवाहरूको भावना दुरुपयोग गर्न खोज्नेहरूलाई सचेत गराउन आवश्यक रहेको बताउनुभयो । अध्यक्ष ओलीले भन्नुभयो, ’देशको सुधार र सुशासनका लागि आन्दोलनको भावना सच्चा हुनुपर्छ, दुरुपयोग होइन।’