अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज पनि तिहारकै सार्वजनिक बिदा

आज पनि तिहारकै सार्वजनिक बिदा


काठमाडौं-सरकारले आज (शुक्रबार) पनि तिहार पर्वको सार्वजनिक बिदा दिएको छ। 

यम पञ्चक अर्थात् तिहार बिहीबार नै सकिएको भए पनि आज (शुक्रबार) पनि तिहारकै नाममा सरकारले सार्वजनिक बिदा दिएको हो।

गृह मन्त्रालयले प्रकाशन गरेको राजपत्रमा कात्तिक ३ देखि ७ गतेसम्म तिहार बिदा हुने उल्लेख छ। 

तिथि घटबढ हुँदा तिहार बिदा लम्बिएको हो। यसअघि लक्ष्मीपूजा र भाइटीकाकै बीचमा (कात्तिक ४ गते)पनि एक दिन बिदा थपिएको थियो। कुनै पर्व नहुँदा पनि गएको मंगलबार तिहारको सार्वजनिक बिदा थियो। 

गएको सोमबारदेखि बन्द भएका सरकारी कार्यालय अब आगामी आइतबारदेखि मात्र खुल्ने भएका छन्।