काठमाडौं-प्रधानमन्त्री सुशीला कार्कीले चार जना मन्त्रीको नाम सिफारिस गरे पनि आज दुई जनाको मात्रै शपथ हुने भएको छ।
मन्त्रीमा सिफारिस खगेन्द्र सुनार र गणपति श्रेष्ठ विवादित देखिएपछि आज स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा डा. सुधा शर्मा गौतम र युवा तथा खेलकुद मन्त्रीमा बब्लु गुप्ताको मात्रै शपथ हुने भएको हो।
डा. सुधा पूर्व स्वास्थ्य सचिव हुन् भने बब्लु ‘१०० ग्रुप’ का अध्यक्ष हुन्।
यसअघि प्रधानमन्त्री सुशिला कार्कीले गणपतिलाल श्रेष्ठलाई भूमि मन्त्रीमा सिफारिस गर्नुभएको थियाे भने खगेन्द्र सुनार श्रम मन्त्रीमा सिफारिस भएका थिए।
श्रेष्ठको भूमिसम्बन्धी मुद्दा विचाराधिन रहेको साथै सुनार दुईवटा मुद्दामा फरार अभियुक्त रहेको खुलेपछि उनीहरूको शपथ नहुने भएको हो ।







प्रतिक्रिया