काठमाडौं-डीटीएच सेवा प्रदायक डिशहोमले चर्चित रेस्टुरेन्ट ब्राण्ड ‘डल्ले’ सँग नयाँ साझेदारी गरेको छ। सहकार्यअन्तर्गत, डिशहोमले हालै सुरू गरेको भर्चुअल प्रिभिलेज कार्ड कार्यक्रममार्फत ग्राहकहरूले अब डल्लेका काठमाडौं उपत्यकाका सम्पूर्ण आउटलेटहरूमा विशेष छुट पाउने जनाएको छ।
त्यस्तै डिशहोमका सक्रिय ग्राहकहरूले डल्ले रेस्टुरेन्टका सबै आउटलेटहरूमा १० प्रतिशत छुट पाउने छन्। यसका लागि कम्पनीको भर्चुअल प्रिभिलेज कार्ड देखाउनुपर्नेछ।
भर्चुअल प्रिभिलेज कार्ड प्रयोग गर्ने तरिका:
- माइ डिशहोम एप Google Play Store बाट डाउनलोड गर्नुहोस्।
- दर्ता गरिएको मोबाइल नम्बर वा ग्राहक आईडी प्रयोग गरी एपमा लगइन गर्नुहोस्।
- होम स्क्रिन वा प्रोफाइल सेक्सनमा रहेको प्रिभिलेज कार्ड आइकन मा क्लिक गर्नुहोस्।
- डल्लेमा कार्ड देखाएर छुट प्राप्त गर्नुहोस्।
यस साझेदारीलाई औपचारिकता दिने क्रममा डल्लेका मेनेजिङ डिरेक्टर आलोक योन्जोन र डिशहोमका डपुटी चिफ प्रोडक्ट अफिसर आदित्य भट्टराईले एमओयूमा हस्ताक्षर गर्नुभयो।
डल्ले’ – नेपाली स्वादको आधुनिक व्याख्या
‘डल्ले’ नेपाली खानाको क्षेत्रमा एउटा स्थापित नाम हो, जसले परम्परागत स्वादलाई आधुनिक प्रस्तुतीसहित ग्राहकहरूमाझ पुर्याइरहेको छ। शान्त वातावरण, समर्पित सेवा, र स्वादिष्ट भोजनका लागि परिचित डल्लेले हाल देशभरि थुप्रै शाखा विस्तार गरिसकेको छ।







प्रतिक्रिया