दमक-झापाको दमक-८ का अग्नी पिडित रविन खड्काको परिवारलाई सरस्वती टोल विकास संस्था लगायतका संघ संस्था र ब्यक्तिबाट १ लाख ४९ हजार ३सय २५ रुपैयाँ राहत सहयोग प्रदान गरिएको छ।
दमक ८का वडा अध्यक्ष धर्म प्रसाद दाहाल(दिपेश)को रोहबरमा सोही वडाको सरस्वती टोल विकास संस्थाको पहलमा सो राहत खड्का परिवारलाई आज रकम प्रदान गरिएको हो। सरस्वती टोल विकास संस्थाका अध्यक्ष चन्द्र खत्रीले वडाबासीको सहभागीतामा सो राहत रकम अग्नी पिडित खड्कालाई प्रदान गर्नु भयो । गत कार्तिक९गते अपरान्ह ४वजेतिर रविन खड्काको घरमा लागेको आगोले घर जलेर नष्ट भएको थियो।

दमक ८कै सरस्वती टोल विकास संस्था(टोलवासी)वाट १लाख ४९हजार ३सय २५ रुपैया,सोही टोलको सरस्वती महिला बचत समुहले ३२ हजार रुपैयाँ, दमक उधोग वाणिज्य संघवाट सिरक डसना लगायतको सामाग्री र विभिन्न ब्यक्तिहरुले १७हजार रुपैयाँ सहयोग गरेको सरस्वती टोल विकासका सचिव राजन लुइटेलले जानकारी दिनु भयो ।हाल अमेरिकामा रहनु भएका योजना भटराई उप्रेती,भगत उप्रेतीले १०हजार रुपैया प्रदान गरेका छन् । सिग्देल डिपाटमेन्ट स्टोर दमकबाट ५हजार वराबरको खाधान्न लगायतका सामाग्री दिएको छ ।
यसै गरी रमेश भटराई २हजार,भुपेन्द्र कोइरालावाट २हजार,नेत्र खडका २हजार र ड्राबिन संग्रौलावाट १हजार दिइएको सरस्वती टोलका सचिव लुइटेलले बताउनु भयो । राहत सामाग्री वितरण कार्यक्रममा सहभागी दमक ८का वडा अध्यक्ष दाहाल र उधोग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाईले रबिन खड्काको परिवारलाई पुर्नरस्थापित गर्न सबै क्षेत्रवाट सहयोग जुटाउन पहल गर्ने प्रतिवद्धता गर्नु भएको थियो।








प्रतिक्रिया