अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संविधानको रक्षा र परिवर्तनको नेतृत्व एमालेले गर्छ: मुख्यमन्त्री कँडेल

संविधानको रक्षा र परिवर्तनको नेतृत्व एमालेले गर्छ: मुख्यमन्त्री कँडेल


सुर्खेत-कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले मुलुककाे जटिल परिस्थितिमा संविधानको रक्षा र परिवर्तनको नेतृत्व नेकपा (एमाले)ले गर्ने बताउनुभएकाे छ।

आज अखिल नेपाल महिला संघ कर्णाली प्रदेश कमिटी विस्तारित बैठकलाई सम्बोधन गर्दै नेकपा एमालेको स्थायी कमिटि सदस्स्य समेत रहेका मुख्यमन्त्री कडेलले असहज परिस्थिति र चुनौतीका बीच पनि जो अगाडि बढ्छ, त्यही साँचो नेता हुने उल्लेख गर्नुभयाे। उहाँले भन्नुभयाे, ‘आजको अवस्था सामान्य छैन, संविधानको मर्ममाथि आक्रमण भइरहेको छ। यसको बचाउ र देशको स्थायित्वको जिम्मा एमालेले लिनुपर्छ।’

मुख्यमन्त्री कँडेलले पार्टीका कमिटी र जनसङ्गठनमा केही समस्या रहे पनि अब ढिलाइ नगरी सबैलाई सडकमा सक्रिय हुन निर्देशन दिए। पार्टि केन्द्रको निर्देशन पर्खिनु पर्दैन, सिर्जनात्मक रूपमा जनता बीच पुग्नुहोस्। मुख्यमन्त्री कडेलले लोकतान्त्रिक शक्तिहरू एकजुट भई संविधान र लोकतन्त्रको रक्षा गर्न सडकमा निस्कनुपर्ने समय आएको उल्लेख गर्नुभयाे । उहाँले भन्नुभयाे, ‘गाउँगाउँमा नेकपा एमालेका विचार बोक्ने हामी नै हौ। अहिलेको अवस्थामा माओवादी केन्द्रका संयोजनक प्रचण्ड आफै जेनजी भएको भ्रममा छन्, नेपाली काँग्रेस अनिश्चिततामा छ, हामीले नै देशलाई स्थिरताको बाटोमा अघि बढाउनुपर्छ।’