अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मलेसिया सरकारले वैदेशिक रोजगारीमा तोकेको नयाँ मापदण्डबारे प्रधानमन्त्रीको चासो

मलेसिया सरकारले वैदेशिक रोजगारीमा तोकेको नयाँ मापदण्डबारे प्रधानमन्त्रीको चासो


काठमाडौं-मलेसिया सरकारले वैदेशिक रोजगार व्यवसायीका लागि तोकेको नयाँ मापदण्डबारे प्रधानमन्त्री सुशीला कार्कीले चासो राख्नुभएको छ।

मलेसियाको नयाँ मापदण्डबाट कारण पर्न सक्ने सम्भावित असर अध्ययन गरी आवश्यक पहलकदमी लिन र गृहकार्य गर्न बिहीबार प्रधानमन्त्री कार्कीले श्रम मन्त्रालयका सचिव कृष्णहरि पुष्करलाई निर्देशन दिनुभएको हो।

प्रधानमन्त्री कार्कीले बिहीबार बिहान सचिव पुष्करलाई आफ्नो कार्यकक्षमा बोलाएर यस विषयमा जानकारी लिनुभएको थियो । सचिव पुष्करले मलेसियाले जारी गरेको नयाँ मापदण्डबारे जानकारी प्राप्त भएको र कूटनीतिक रुपमा यस विषयको सम्बोधन गर्नुपर्ने बताउनुभयाे।

प्रधानमन्त्री कार्कीले परराष्ट्र, अर्थ र श्रम मन्त्रालयसँग पनि समन्वय गर्न निर्देशन दिनुभएको छ। मलेसिया धेरै नेपाली कामदार वैदेशिक रोजगारीमा जाने गन्तव्यमा पर्छ।

नेपालमा करिब १२०० वैदेशिक रोजगारी व्यवसायीमध्ये ९०० वटा मलेसियाकै व्यवसायमा आश्रित छन्।

मलेसियाको नयाँ मापदण्डले नेपालका करिब एक दर्जन ठूला कम्पनी मात्र उक्त मुलुकमा कामदार पठाउन योग्य हुने वैदेशिक रोजगारी व्यवसायीहरुको भनाइ छ ।