अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

निकोलस भूसाललाई तत्काल पक्राउ गरी कारबाही गर्न एमालेनिकट युवा संघको माग

निकोलस भूसाललाई तत्काल पक्राउ गरी कारबाही गर्न एमालेनिकट युवा संघको माग


बुटवल-नेकपा एमालेको भ्रातृ संगठन युवा संघ नेपाल, रुपन्देहीले समाजमा हिंसा भड्काउने अभिव्यक्ति दिँदै हिँडेको भन्दै डा. कमल भूसाल (निकोलस)लाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गरेको छ।

डा. भूसालले एमाले अध्यक्ष केपी शर्मा ओलीलगायत विभिन्न नेताहरूको घर जलाउने र घेरा हाल्ने जस्ता हिंसात्मक अभिव्यक्ति दिँदै आएको भन्दै युवा संघले कारबाहीको माग गरेको हो।

आइतबार बसेको संघको बैठकले भुसाललाई तत्काल पक्राउ गरी आत्मालोचनासहित कडा कारबाही नगरेसम्म रुपन्देही प्रवेशमा रोक लगाउने निर्णय गरेको अध्यक्ष कृष्ण कुमालले जानकारी दिनुभयो ।

रुपन्देहीको सैनामैना घरमा भएका भूसाललाई प्रहरीले कारबाही नगरे युवा संघले गर्ने कुमालले चेतावनी दिनुभयाे ।

देशमा विखण्डनकारी, समाज भड्काउने, अराजकता सृजना गर्ने, समाजलाई भड्काउने स्टाटस लेख्नेहरू कानूनी दायरामा आउनुपर्ने युवा संघका रुपन्देही इन्चार्ज केशव रोक्काले बताउनुभयाे।