अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेस नेता रामहरि खतिवडालाई पितृशोक

कांग्रेस नेता रामहरि खतिवडालाई पितृशोक


काठमाडौं-नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा विघटित प्रतिनिधिसभाका सदस्य रामहरि खतिवडालाई पितृशोक परेको छ।

उहाँका पिता जीवनाथ खतिवडाको आइतबार साँझ ७७ वर्षको उमेरमा निधन भएको हो । जीवनाथ लामो समयदेखि अर्बुद (क्यान्सर) रोगबाट पीडित थिए ।

स्वर्गीय खतिवडाको पार्थिव शरीरलाई सोमबार (आज) पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिने बताइएको छ ।