अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जेन-जी आन्दोलनमा मृत्युमध्ये ४५ जनालाई सरकारले गर्‍यो शहीद घोषणा

जेन-जी आन्दोलनमा मृत्युमध्ये ४५ जनालाई सरकारले गर्‍यो शहीद घोषणा


काठमाडौं-सरकारले भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा मृत्यु भएकामध्ये ४५ जनालाई शहीद घोषणा गर्ने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले ४५ जनालाई राज्यका तर्फबाट शहीद घोषणा गर्ने निर्णय गरेको सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिनुभयाे।

सञ्चारमन्त्री खरेलले भन्नुभयाे , ‘राष्ट्रहित, सुशासन तथा भ्रष्टाचार नियन्त्रणका माग राखी जेन-जी पुस्ताद्वारा भदौ २३-२४ गरिएको प्रदर्शनको क्रममा काठमाडौं लगायत मुलुकका विभिन्न भागमा मृत्यु भएका ४५ जना लाई राज्यको तर्फबाट शहीद घोषणा गर्ने निर्णय भएको छ।’