काठमाडौँ-पूर्व राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट नागरिकताको प्रतिलिपि लिनुभएको छ।
२०८२ भदौ २४ गतेको जेनजी आन्दोलनको क्रममा काठमाडौंको भंगालस्थित निवासमा भएको आगजनीका कारण नागरिकता जलेपछि उहाँ आफै जिल्ला प्रशासन कार्यालय काठमाडौँ पुगेर नागरिकताको प्रतिलिपि आज लिनुभएको हो।
प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले भण्डारीकाे नागरिकता प्रतिलिपिमा हस्ताक्षर गरेका थिए।
आगजनीमा उहाँको नागरिकतासँगै राष्ट्रिय परिचयपत्र, राहदानी, प्यान कार्डलगायत महत्वपूर्ण कागजात जलेको थियाे ।






प्रतिक्रिया