अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संसद् पुनर्स्थापना गरी संविधान संशोधनमार्फत ताजा जनादेशमा जानुपर्छ: विष्णु पौडेल

संसद् पुनर्स्थापना गरी संविधान संशोधनमार्फत ताजा जनादेशमा जानुपर्छ: विष्णु पौडेल


बुटवल-नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संसद् पुनर्स्थापना गरी संविधान संशोधन मार्फत ताजा जनादेशमा जानुपर्ने बताउनुभएको छ। 

प्रेस चौतारी नेपाल रुपन्देहीले २०८२ कात्तिक १९ गते बुधबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष पौडेल यस्तो बताउनुभएको हो।

उपाध्यक्ष पौडेल संविधान बचाउन संसद् पुनर्स्थापना गर्नुपर्ने बताउनुभयो।

जेनजी युवा पुस्ताको समेत माग सम्बोधन गर्ने र संविधान अनुसार मुलुक अगाडि बढाउन संसद् पुनर्स्थापना हुनुपर्ने उपाध्यक्ष पौडेलको भनाइ छ।

उपाध्यक्ष पौडेलले २०८२ भाद्र २३ गते जेनजी युवा पुस्ताको हत्याको घटनाको छानबिन गरी कारबाही हुनुपर्ने र भदौ २४ गते  भएको आगजनी र विध्वंसको पनि छानबिन गरी कारबाही हुनुपर्ने धारणा राख्न्भयो ।

उपाध्यक्ष पौडेलले आगामी एमालेको महाधिवेशनले सर्वसम्मत रूपमा पार्टी नेतृत्व चयन गर्ने दाबी पनि गर्नुभयो।