विराटनगर-नेपाल कम्युनिष्ट पार्टी एमालेका स्थायी कमिटी सदस्य तथा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अहिले एमालेमाथि चौतर्फी रूपमा घेराबन्दी गरिएको बताउनुभएको छ।
मुख्यमन्त्री कार्कीका अनुसार एमालेको जनसमर्थन र सङ्गठनात्मक शक्ति देखेर विभिन्न पक्षले राजनीतिक रूपमा घेराबन्दी गर्ने प्रयास गरिरहेको बताउनुभयो।
नेकपा एमाले महानगर कमिटी विराटनगरले आयोजना गरेको बैठकलाई आज यहाँ सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले सो घेराबन्दीबाटमाथि उठेर पार्टीलाई अझ सुदृढ बनाउन सबै कार्यकर्ताले एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा नेकपा एमालेका नेता रामलाल शाह, ऋषिकेश पोखरेल, बाबुराम कार्की, सागर थापा, परशुराम बस्नेत, महानगर अध्यक्ष बलराम गिरीलगायतले आफ्ना धारणा राखेका थिए।









प्रतिक्रिया