मोरङ-नेकपा (एमाले) मोरङ जिल्ला कमिटीले २०८२ भदौ २४ गतेको ‘जेनजी आन्दोलन’का क्रममा तोडफोड र आगजनीका कारण क्षतिग्रस्त बनेको पार्टी कार्यालय पुनर्निर्माण अभियान सुरु भएको छ।
विराटनगरमा सुरु गरिएको उक्त अभियानलाई ‘आफ्नो कार्यालय, आफैँ बनाऔँ’ नाम दिइएको छ। अभियानको नेतृत्व नेकपा (एमाले) केन्द्रीय सदस्य तथा मोरङ जिल्ला इञ्चार्ज जीवन घिमिरेले गर्नुभयाे।
इञ्चार्ज घिमिरेले जेन–जी आन्दोलनको क्रममा घुसपैठी तत्वहरूले नोक्सान पुर्याएको पार्टी कार्यालय पार्टीकै कार्यकर्ताहरूको श्रमदान र मुठीदानबाट पुनर्निर्माण गर्ने निर्णय गरिएको बताउनुभयाे।
इञ्चार्ज घिमिरेले जेन–जी भन्नुभयाे, ‘जेन–जी आन्दोलनले देशको समग्र अर्थतन्त्रलाई समेत प्रभावित पारेको छ। यस्तो अवस्थामा हामी आफ्नै बलबुतामा पार्टी कार्यालय पुनर्निर्माण गरेर एक सकारात्मक सन्देश दिन चाहन्छौं।’
उहाँका अनुसार, पुनर्निर्माण अभियानमा पार्टीका विभिन्न संगठन, जनसंगठन र कमिटीहरूले श्रमदान गर्नेछन् भने प्रोग्रेसिभ इन्जिनियर्स एसोसिएसन, नेपालले प्राविधिक सहयोग प्रदान गर्नेछ।
अभियानको पहिलो दिनको श्रमदानमा सहभागी नेपाल खेलकुद महासंघका केन्द्रीय अध्यक्ष पर्शुराम बस्नेतको नेतृत्वमा काम शुरू भएको छ।
जेन–जी आन्दोलनका क्रममा देशभरका एमाले कार्यालयहरूलाई निशाना बनाइएको नेता बस्नेतले बताउनुभयाे। तर मोरङ जिल्लाले आफ्ना कार्यकर्ताहरूको योगदानबाटै कार्यालय पुनर्निर्माण गर्ने निर्णयले पार्टीभित्र एकता र आत्मविश्वासको सन्देश दिएको नेता बस्नेतले बताउनुभयाे।
कार्यक्रममा महासंघका केन्द्रीय कमिटी, कोशी प्रदेश कमिटी, मोरङ जिल्ला कमिटी र विराटनगर महानगर कमिटीका पदाधिकारी तथा सदस्यहरूको उत्साहपूर्ण सहभागिता रहेको महासंघ मोरङका सचिव विशाल बानियाँले जानकारी दिए।
प्रदेश कार्यालय र मोरङ कार्यालयमा १ करोड ५ लाख क्षति भएको एमालेले जनाएको छ।






प्रतिक्रिया