अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज यी तीनवटा प्रदेशका केही भागमा हिमपात र वर्षा

आज यी तीनवटा प्रदेशका केही भागमा हिमपात र वर्षा


काठमाडौं – देशका केही स्थानमा आज वर्षा र हिमपात हुने भएको छ । तीनवटा प्रदेशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

कोसी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

हाल नेपालको पश्चिमी भूभागमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको विभागको भनाइ छ ।