अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एनआईसी एशिया बैंकका नवनियुक्त सीईओ सुजित शाक्यद्वारा पदभार ग्रहण

एनआईसी एशिया बैंकका नवनियुक्त सीईओ सुजित शाक्यद्वारा पदभार ग्रहण


काठमाडौं-एनआईसी एशिया बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्यले आज पदभार ग्रहण गर्नुभएको छ। कात्तिक १७ गते सञ्चालक समितिको ७३६औं बैंठकको निर्णय बमोजिम नियुक्त प्रमुख कार्यकारी अधिकृत शाक्यले आज (बिहीबार) पदभार ग्रहण गर्नुभएको हो।

झन्डै तीन दशकदेखि नेपालको बैंकिङ्ग प्रणालीमा विशिष्ट योगदान पुर्‍याउँदै आउनुभएका शाक्य भारतको नयाँ दिल्लीस्थित दिल्ली युनिभर्सिटीबाट ब्याचलर इन कमर्स र भारतकै इन्स्टिच्युट अफ प्रोडक्टिभिटी एन्ड म्यानेजमेन्ट, लखनउबाट व्यवस्थापनमा स्नातकोत्तर उत्तीर्ण गर्नुभएको छ।

सन् १९९६ देखि तत्कालिन नेपाल श्रीलंका मर्चेन्ट बैंकबाट बैंकिङ्ग यात्रा शुरु गर्नुभएका शाक्यले हिमालयन बैंक लि., तत्कालिन लक्ष्मी बैंक लि. हुँदै सन् २००७ देखि तत्कालिन बैंक अफ एशिया नेपाल लि.मा बिजनेस बैंकिङ्ग प्रमुखका रुपमा जिम्मेवारी निर्वाह गर्नु भएको थियो।

 तत्कालिन बैंक अफ एशिया नेपाल लि. र एनआईसी बैंक लि.को मर्जर प्रकृयामा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका प्रमुख कार्यकारी अधिकृत शाक्यले मर्जरपछि बनेको एनआईसी एशिया बैंक लि.मा सहायक महाप्रबन्धकको रुपमा कर्पोरेट बैंकिङ्ग प्रमुख भई महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो।

तत्कालिन सिभिल बैंक लि., तत्कालिन जनता बैंक लि., ग्लोबल आईएमई बैंक लि.मा नायब प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्य गरिसक्नुभएका शाक्य यस बैंकमा प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त हुनुपूर्व नबिल बैंक लि.मा वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत हुनुहुन्थ्यो। 

प्रमुख कार्यकारी अधिकृत शाक्यकाे तृष्ण विश्लेषण क्षमता, स्पष्ट रणनीतिक दृष्टिकोण तथा लामो बैंकिङ्ग अनुभवका कारण यस बैंकले वहाँको कार्यकालमा महत्वपूर्ण उपलब्धिहरु हासिल गर्नुका साथै थप सहज, सबल, गतिशील, विश्वसनीय, उत्तरदायी तथा परिणाममुखी अभ्यास गर्दै वहाँको दूरदृष्टि र नेतृत्वले बैंकले थप सफलता प्राप्त गर्नुको साथै बैंकलाई प्रतिष्ठाको शिखरमा पुर्‍ययाउने दृढ विश्वास लिएको छ।