अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रपति पौडेल स्वदेश प्रस्थान

राष्ट्रपति पौडेल स्वदेश प्रस्थान


काठमाडौँ-राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहामा आयोजित ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’ मा सहभागी भएर बिहीबार स्वदेश प्रस्थान गर्नुभएको छ।

राष्ट्रपति पौडेल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणामा सोमबार दोहा पुग्नुभएको थियाे ।

राष्ट्रपति पौडेललाई आज हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा कतारका लागि नेपाली राजदूत रमेशचन्द्र पौडेलसहित अन्य उच्च अधिकारीहरूले बिदाइ गरेका थिए ।

सम्मेलनको मुख्य सत्रलाई राष्ट्रपति पौडेलले मङ्गलबार सम्बोधन गर्नुभएकाे थियाे। उहाँले गरिबी निवारण, पूर्ण र उत्पादक रोजगारी, मर्यादित काम र सामाजिक समावेशीकरण विषयक उच्चस्तरीय गोलमेच सम्मेलनलाई पनि सम्बोधन गर्नुभएको थियाे । सोही दिन राष्ट्रपति पौडेलले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग शिष्टाचार भेटवार्तासमेत गरेका थिए ।