अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दक्षिण कोरियामा ट्रकले ठक्कर दिँदा झापाकी २२ वर्षीया मनीषा दाहालकाे मृत्यु

दक्षिण कोरियामा ट्रकले ठक्कर दिँदा झापाकी २२ वर्षीया मनीषा दाहालकाे मृत्यु


काठमाडौँ-दक्षिण कोरियामा ट्रकले ठक्कर दिँदा झापाकी २२ वर्षीया मनीषा दाहालको मृत्यु भएको छ। 

दक्षिण कोरियाको सोलस्थित नेपाली दूतावासका अनुसार ओन्जु सहरमा सडक पार गर्ने क्रममा दाहाललाई शनिबार ट्रकले ठक्कर दिएको थियाे।

गम्भीर घाइते अवस्थामा त्यहाँको वनजु सेब्रान्स क्रिस्चियन अस्पताल पुर्‍याइए पनि उपचारका क्रममा आइतबार दाहालको मृत्यु भएको हो। 

मनीषा एक वर्षअघि दक्षिण कोरियाको फार इस्ट युनिभर्सिटीमा अध्ययन गर्न गएकी थिइन्।

दुर्घटनामा उनको निधन भएपछि शव नेपाल ल्याउने प्रक्रिया अहिले अघि बढाइएको छ।