अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

७ सीडीओसहित ५८ कर्मचारीको सरुवा, को कहाँ ?(सूचीसहित)

७ सीडीओसहित ५८ कर्मचारीको सरुवा, को कहाँ ?(सूचीसहित)


काठमाडौं-गृह मन्त्रालयले ७ जिल्लाका प्रमुख जिल्ला अधिकारी(सीडीओ)सहित ५८ कर्मचारीको सरुवा गरेको छ। बुधबार गृहमन्त्री ओमप्रकाश अर्यालले ७ जिल्लाका सीडीओसहित ५८ कर्मचारीको सरुवा गरेका हुन्।

सरुवा हुने कर्मचारीहरुमा सहसचिव र उपसचिव छन्। बद्रीनाथ गैह्रेलाई गुल्मीकाे प्रमुख जिल्ला अधिकारीकाे रुपमा सरुवा गरिएकाे छ । दैलेखमा आनन्द सारु,पाँचथरमा बासुदेव दाहाल र राेल्पामा गंगा बहादुर क्षेत्रीलाई प्रमुख जिल्ला अधिकारी बनाएर पठाइएकाे छ।

त्यसैगरी जुम्लामा दिपक पाैडेल,डाेटीमा कल्पना घिमिरे नेपाललाई सीडीओ बनाएर पठाइएकाे छ । अजिता शर्मालाई मुस्ताङ पठाइएकाे छ ।