काठमाडौँ-निर्वाचन आयोग र राजनीतिक दलका प्रतिनिधिबिच छलफल जारी छ। आसन्न निर्वाचन र आचारसंहिताबारे दलहरूसँग आयोगले छलफल गरेको हो।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले चुनावको तयारी र दलहरूको अपेक्षाका सम्बन्धमा पनि हुने बताउनुभयो।
आयोगको केन्द्रीय कार्यालयमा भएको छलफलमा प्रमुख कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, आयुक्त डा. जानकीकुमारी तुलाधर र सगुन शमशेर जबरा सहभागी थिए।
राजनीतिक दलहरूको तर्फबाट नेपाली कांग्रेसकी पुष्पा भुसाल, नेकपा (एमाले) का खगराज अधिकारी, र नेपाल कम्युनिस्ट पार्टीका लिलामणि पोखरेललगायतका नेताहरू उपस्थित थिए।
आयोगले यसअघि पनि आगामी निर्वाचनका तयारीबारे दलहरुसँग प्रारम्भिक छलफल गरेको थियो। अन्तरिम सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन मिति तोकेपछि आयोगले दलहरूबीच सहमति र समन्वयका लागि दोस्रो चरणको संवाद अघि बढाएको हो।







प्रतिक्रिया