अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रिय सभाअन्तर्गत दुई समितिको बैठक बस्दै

राष्ट्रिय सभाअन्तर्गत दुई समितिको बैठक बस्दै


काठमाडौं-राष्ट्रिय सभाअन्तर्गत आज दुई समितिको बैठक बस्ने तय भएको छ। सोमबार विकास, आर्थिक मामिला तथा सुशासन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति गरि दुई समितिको बैठक बस्न लागिएको हो।

आज विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा नेपालको संविधान धारा ४० बमोजिम दलित समुदायको अधिकार तथा विकास सम्बन्धमा व्यवस्था गर्ने विधेयक तर्जुमा वारेमा छलफल गर्ने कार्यसूची रहेको छ। बैठक बिहान ११ः३० बजे बस्ने तय भएको छ।

साथै, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा समितिको स्थलगत अवलोकन भ्रमण सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ । बैठक दिउँसो १ः०० बजे बस्ने तय भएको छ ।