अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्रीले नागरिक समाजका अगुवासँग अन्तरक्रिया गर्नुहुँदै

प्रधानमन्त्रीले नागरिक समाजका अगुवासँग अन्तरक्रिया गर्नुहुँदै


काठमाडौँ-प्रधानमन्त्री सुशीला कार्कीले नागरिक समाजका अगुवा प्रतिनिधिहरूसँग अन्तरक्रिया गर्नुहुने भएको छ। आज दिउँसो १ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्रीले नागरिक समाजका अगुवासँग आगामी निर्वाचनबारे छलफल गर्न लाग्नुभएको हो।

प्रधानमन्त्री कार्कीले यसअघि विभिन्न राजनीतिक दलका नेता, प्रदेश तथा स्थानीय तहका प्रमुख र जनेजी अगुवालगायतसँग छलफल गर्नुभएको थियो। प्रधानमन्त्री कार्कीले केही राजनीतिक दलले अझै पनि चुनावमा जान अनकनाइरहेको अवस्थामा नागरिक अगुवाहरूसँग छलफल गर्न लागेको प्रधानमन्त्रीका प्रेस संयोजक राम रावलले जनाकारी दिनुभयो।

आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ। उक्त निर्वाचनका लागि निर्वाचन आयोगले निर्वाचन कार्यतालिका समेत सार्वजनिक गरिसकेको छ।