अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

निजी सम्पत्ति लुटपाट, तोडफोड र आगजनी गर्नेलाई कारबाही गर्न महासंघको आग्रह

निजी सम्पत्ति लुटपाट, तोडफोड र आगजनी गर्नेलाई कारबाही गर्न महासंघको आग्रह


काठमाडौं-नेपाल उद्योग वाणिज्य महासंघले जेनजी आन्दोलनका क्रममा उद्योग, व्यवसाय र निजी सम्पत्तिमाथि लुटपाट, तोडफोड र आगजनी गर्नेहरूलाई कारबाही गर्न माग गरेको छ।

नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीलाई भेटेर महासंघ टोलीले सो माग गरेको हो।

महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल नेतृत्वको टोलीले घटनामा संलग्नहरुलाई कारबाही नगर्ने हो भने समाजमा दण्डहीनता मौलाउँदै जाने र व्यवसायी हतोत्साही हुने उल्लेख गर्दै यस विषयमा महानिरिक्षक कार्कीको ध्यानाकर्षण गराउनुभयो ।

महासंघका निवर्तमान अध्यक्ष शेखर गोल्छाले लगानीको लागि सुरक्षा पहिलो शर्त भएको भन्दै प्रहरीसँग सुरक्षा माग गर्नुभयो।