काठमाडौं-कामना सेवा विकास बैंकले काठमाडौंको बूढानीलकण्ठस्थित होटल सब्रिनासँग सेवा शुल्क छुटसम्बन्धी सम्झौता गरेको छ।
यस सम्झौताअन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरूले अकोमोडेसन, फूड र बेभरेजमा १० प्रतिशत छुट पाउने छन्। बैंकका ग्राहकहरूले बैंकसँगको आबद्धता भएको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।
उक्त छुटसम्बन्धी सम्झौतामा बैंकका तर्फबाट मार्केटिङ प्रमुख पर्मा ढुङ्गेल र होटलका सञ्चालन प्रबन्धक समीर थापाले हस्ताक्षर गर्नुभएको हो।







प्रतिक्रिया