काठमाडौं-संविधानविद् डा. भीमार्जुन आचार्यले नेताहरूलाई जनतामाझ जान अवरोध पुर्याइए चुनाव हुनेमा आशंका व्यक्त गर्नुभएको छ।
बाराको सिमरामा बुधबार नेकपा एमालेका नेताहरूलाई निषेध गरिएपछि उहाँले आगामी २१ फागुनमा चुनाव हुनेमा आशंका व्यक्त गर्नुभएको हो।
‘नेताहरूलाई आफ्ना सभा, सम्मेलनमा जान रोक लाउने, आफ्ना कार्यकर्ता वा जनताका माझ जान अवरोध पुर्याउने हो भने कसरी चुनाव हुन्छ ?,’ आचार्यले प्रश्न गर्नुभएको छ, ‘अनि यस्तो काम गर्न पाइन्छ कसरी ?’

उहाँले जेनजी पुस्तालाई सत्तामा रहेका आन्दोलनकारीले झनै बढी जिम्मेवार हुनुपर्ने स्मरण पनि गराउनुभयो। ‘आफ्नै सत्ता भएका आन्दोलनकारी त झनै बढी जिम्मेवार हुनु पर्ने होइन र ?,’ आचार्यले प्रश्न गर्दै भन्नुभएको छ, ‘जेनजीका भाइबहिनीहरूले यसमा हेक्का राख्नु पर्यो।’








प्रतिक्रिया