काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बुधबार बाराको सिमरा विमानस्थलमा भएको घटना संवेदनशील भएको बताएको छ।
केन्द्रीय कार्यालय बनस्थलीमा केन्द्रीय समितिको जारी बैठकले बुधबार सिमरामा भएको घटना संवेदनशील भएको निष्कर्ष निकाल्दै सरकारको ध्यानाकर्षण गराएको हो।
प्रवक्ता मनिष झाका अनुुसार, कुनै पनि राजनीतिक दलले सार्वजनिक कार्यक्रम आयोजना गर्न पाउनुपर्ने र सरकारले आवश्यक सुरक्षा उपलब्ध गराउनुपर्ने पार्टी निष्कर्ष रहेको जानकारी गराउनुभयो।
‘निर्वाचनको माहोल बनाउन राजनीतिक दलले सार्वजनिक कार्यक्रम आयोजना गर्न पाउनुपर्छ र सरकारले आवश्यक सुरक्षा उपलब्ध गराउनुपर्छ,’ रास्वपा बैठकको निष्कर्षबारे जानकारी गराउँदै झाले भन्नुभयो, ‘आज सिमरामा भएको घटना संवेदनशील छ। यसमा राष्ट्रिय स्वतन्त्र पार्टीको गम्भीर सरोकार र सरकारको आवश्यक ध्यानाकर्षण माग गर्दछौं।’







प्रतिक्रिया