अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रपतिलाई २३ जेनजी समूहको ज्ञापनपत्र: माग पूरा नगर्ने भए सरकारलाई फिर्ता गरौँ

राष्ट्रपतिलाई २३ जेनजी समूहको ज्ञापनपत्र: माग पूरा नगर्ने भए सरकारलाई फिर्ता गरौँ


काठमाडौँ–विभिन्न २३ वटा जेनजी समूहहरूले राष्ट्रपति रामचन्द्र पौडेललाई ज्ञापनपत्र बुझाएका छन्। बिहीबार राष्ट्रपति पौडेललाई बुझाएको ज्ञापनपत्रमा प्रत्यक्ष जननिर्वाचित प्रधानमन्त्रीका लागि संविधान संसोधन गर्नुपर्ने लगायत ५ बुँदे माग गरेका छन् ।

सुशीला कार्की नेतृत्वको सरकारबाट प्रत्यक्ष जननिर्वाचित प्रधानमन्त्रीका लागि संविधान संशोधन र ठुला भ्रष्टाचार प्रकरणमा संलग्नलाई कारबाहीलगायतका अपेक्षा गरिए पनि सरकार चुनावमा मात्र केन्द्रीत भएको गुनासो छ ।

उनीहरुले जेनजी विद्रोहको जगमा बनेको सरकारले केवल चुनाव मात्रै गराउने कुरा स्वीकार्य नहुने भन्दै दिशाहीन बनेको सरकारले आफ्ना माग पुरा गर्न नसके तत्काल प्रधानमन्त्रीलाई फिर्ता बोलाउन समेत माग गरेका छन् ।

‘यो विद्रोह र शहादत केवल अर्ली इलेक्सनका लागि मात्रै भएको थिएन’, राष्ट्रपति पौडेललाई बुझाएको ज्ञापनपत्रमा भनिएको छ, ‘विद्रोहमा संलग्न जेनजीका २३ एलाइन्स, घाइते र सहिद परिवारका माग यो सरकारले तत्काल सम्बोधन गर्नुपर्छ ।’

ज्ञापनपत्र बुझाउनेमा जेनजी नेसनल फ्रन्ट लाइनर, जेनजीसी स्पार्क, एन टेक जेनजी, ऋणइी एसोसिएसन नेपाल, जेनजी वाइ युनाइटेड, रियल जेनजी लगायत छन् ।