अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सिमरामा जेनजीमाथि कुटपिट गरेको आरोपमा दुई जना वडाध्यक्ष पक्राउ

सिमरामा जेनजीमाथि कुटपिट गरेको आरोपमा दुई जना वडाध्यक्ष पक्राउ


सिमरा-बाराको सिमरामा जेनजी समूह र एमाले कार्यकर्ताबीच भएको झडप प्रकरणमा जितपुर-सिमरा उपमहानगरपालिका-२ का अध्यक्ष धनबहादुर श्रेष्ठ र वडा-६ का अध्यक्ष कैमद्विन अन्सारी पक्राउ परेका छन्।

जेनजीका साइकुस उपाध्यायले कुटपिटको उजुरी दिएको आधारमा प्रहरीले दुवैलाई नियन्त्रणमा लिएको र अन्य संलग्नको खोजी जारी रहेको प्रहरी प्रमुख सन्तोष तामाङले बताउनुभयो।

घटनापछि जेनजी कार्यकर्ताले बिहीबार पथलैया सडक अवरुद्ध गर्दै प्रदर्शन गरेका थिए । सडक खुलाउने क्रममा प्रहरीसँग पनि झडप भएको थियो।